काठमाडौँ, २९ माघ । बजारमा हरियो अंगुरको मूल्य घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अंगुरको मूल्य घटेको हो ।
हिजो बुधबारको तुलनामा आज बिहीबार बजारमा हरियो अंगुरको मूल्य ४.३५ प्रतिशतले घटेको छ । हिजो बुधबार प्रतिकिलो औसत २ सय ३० रुपैयाँमा बिक्री भएको हरियो अंगुर आज २ सय २० रुपैयाँ कायम भएको छ।
यस्तै कालो अंगुरको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन जस्तै आज पनि कालो अंगुर प्रतिकिलो ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्