अर्थ

सेयर बजार ८.९७ अंकले बढ्यो



काठमाडौँ, २९ माघ । आज सेयर बजार ८.९७ अंकले बढेको छ । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन नेप्से परिसूचक २६७१.०७ विन्दुमा बन्द भएको छ । आज ३३७ कम्पनीको कारोबार भयो । १३९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो । यसैगरी ६ कम्पनीको मूल्य स्थिर रह्यो । 

दुई करोड ७७ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम ११ अर्ब १० करोड रुपैयाँ नाघेको छ । 

अघिल्लो दिन आठ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको किनबेच भएको थियो । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । त्यसपछि क्रमशः रसुवागढी हाइड्रो, खानीखोला हाइड्रो, श्रीनगर एग्रिटेक र सान्जेल जलविद्युत् कम्पनीको मूल्य बढेको छ ।