काठमाडौं, ९ कात्तिक । नेपाल वायुसेवा निगमले ल्याउन बाँकी दुई थान चिनियाँ जहाज ल्याउने प्रक्रिया सुरु गरेको छ । विगत चार वर्षदेखि खरिद प्रक्रियामा रहेको छ थान चिनियाँ जहाजमध्ये चार थान भने हाल सञ्चालनमा छन् ।
१७ सिट क्षमताका वाई –१२ ई जहाज केही महिनाभित्रै नेपाल ल्याउने गरी निगम व्यवस्थापनले प्रक्रिया सुरु गरेको छ । नेपालमा हाल ५६ सिट क्षेमताका एमए–६० दुई थान र वाई १२ ई दुई थान जहाजले उडान भरिरहेका छन् । नेपालमा दुर्गम क्षेत्रमा उडान भर्न भन्दै ल्याइएको वाई १२ ई जहाजले पनि सुगम क्षेत्रमा नै उडान भरिरहेको छ ।
पाइलट र स्पेयर्स पार्ट्सको सँधै अभाव खेपिरहेको चिनियाँ जहाज व्यवस्थापनमा निगमलाई पाँच वर्षदेखि हम्मे पर्दै आएको छ । कारोबारमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्