काठमाडौं, ९ कात्तिक । आगामी तीन वर्षका लागि ८६ हजार कर्मचारीको नेतृत्व सम्हाल्न आइपुगेका मुख्यसचिव लोकदर्शन रेग्मीले निजामती सेवालाई रोलमोडलको रूपमा स्थापित गराउने लक्ष्यसहितको सातबुँदे ‘फ्रेमवर्कु तयार पारेका छन् ।
कर्मचारीवर्गलाई देश र जनताप्रति उत्तरदायी बनाई आर्थिक र सामाजिक रूपान्तरणमार्फत मुलुकमा समृद्धि हासिल गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार पदभार ग्रहण गरेपछि अन्नपूर्णसँग विशेष कुराकानी गर्दै मुख्यसचिव रेग्मीले निजामती सेवालाई सक्षम र प्रभावकारी बनाउन फेमवर्क तयार पारेको दाबी गरे । अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्