बाँके, १० कात्तिक । अस्थायी छाप्रोमा बसिरहेका राप्ती–सोनारी गाउँपालिका टिकुलीपुरका बाढीपीडितलाई चिसो बढेसँगै रात गुजार्न मुस्किल परेको छ ।
अस्थायी रुपमा बनाएको छाप्रो र सरकारले दिएको त्रिपालले शीत छेक्न छाडेपछि चिसोमा रात गुजार्न मुस्किल परेको बाढीपीडितको गुनासो छ ।
त्रिपालबाट शीत चुहिन र स्याउलाले बनाएको छाप्रोले हावा र शीत छेक्न नसक्दा यसपालिको जाडो कटाउन मुस्किल पर्ने राप्ती–सोनारी गाउापालिका–२ टिकुलीपुरको बाढीपीडित मञ्जु विकले दुखेसो गरिन ।
‘त्रिपालबाट शीत तप–तप चुहिन्छ, रातभर मुख ढाकेर सुत्नुपर्छ, बिहान उठ्दा ओढेको कपडा निथु्रक्क भिजेको हुन्छ,’ उनले भनिन । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्