सम्पादकीय

बाबुराम, अग्नि, मनांगे र आलमको उम्मेदवारी खारेजीको माग



काठमाडौं, १२ कार्तिक । डा.बाबुराम भट्टराई, अग्नि सापकोटा, राजिब गरुङ(दिपक मनांगे) र मोहम्मद अफताब आलमको उम्मेदवारी खारेज गर्न माग गरिएको छ । एड्भोकेसी फोरम नेपाल, इन्सेक र नेपाल मानवअधिकार संगठनले पत्रकार सम्मेलन आयोजना गरी उल्लेखित व्यक्ति मानवअधिकार उल्लंघनका घटनामा दोषी देखिएको भन्दै मानवअधिकारकर्मीहरुले सो माग गरेका हुन् ।

निर्वाचन आयोगका अनुसार आलमबाहेक भट्टराई सापकोटा, गरुङ (मनांगे) आगामी उम्मेदवारी कायम भइसकेको छ । त्यस्तै रौतहटका आलमको मंसिर २१ गते आयोजना हुने दोस्रो चरणको निर्वाचनमा एमालेको तर्फबाट सोही जिल्लाबाट उम्मेदवारी हुने निश्चित प्रायःभएको छ ।

आलम नेपाली कांग्रेस त्यागेर केही दिन पहिले मात्र एमाले प्रवेश गरेका थिए । नेपाल समाचारपत्रमा समाचार छ ।