सम्पादकीय

जुट मिलको सेयर विवाद अख्तियारसम्म



मोरङ, १२ कात्तिक । लामो समयदेखि बन्द विराटनगर जुट मिलको सयर विक्री विवाद कम्पनी रजिस्ट्रारको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले विराटनगर जुट मिललाई पत्र लेख्दै २०९४ असार २४ को साधारणसभाबाट गरेको भनिएको सेयर बाँडफाँडसम्बन्धी निर्णयलाई कार्यान्वयन नगर्नु नगराउनु भन्ने निर्देशन दिएको छ । विवादपछि अख्तियारले पनि अनुसन्धान थालेको छ । अर्थ र उद्योग मन्त्रालयले छुट्टाछुट्टै समिति बनाएर सेयर विक्रीबारे अध्ययन गरिरहेका छन् ।

सेयरमध्ये नेपाल सरकारका नाममा रहेको ६८ प्रतिशत स्वामित्वमा मिल्सका प्रबन्ध सञ्चालक नीलहरी काफ्लेको सक्रियतामा ३३ दशमलव ८३ प्रतिशतमा झारिएको दाबी पुराना सेयर सदस्यको छ । १९९३ मा स्थापना भएको यो मिलको विराटनगर महानरपालिकाको रानी क्षेत्रमा ६७ विघा जमिन छ ।