सम्पादकीय

झापा गोलीकाण्डको कारक ‘डीएसपीको हठ’



झापा, १२ कात्तिक । छठ पर्वको अन्तिम दिन शुक्रबार बिहान बिर्तामोडको सडकमा उदाउँदो सूर्यको पूजा गरेर खोलाबाट फर्किँदै गरेका श्रद्धालुको लर्को थियो । त्यो लर्कोको तुलनामा धेरै सानो संख्यामा अर्जुनधारा सर्वसाधारण गाउँकै एकजना बालक हत्याका अपराधीलाई कारबाही गर्न माग गर्दै जुजुश लगाउँदै चोकतिर आउँदै थियो ।

यत्तिकैमा बिर्तामोड प्रहरीले जुशमा सहभागीलाई मात्रै होइन, छठका ब्रतालुलाई पनि लाठीचार्ज गर्नथाल्यो । यसरी अन्धाधुन्द लाठी वर्षाउने प्रहरीको ज्यादतीले अन्ततः बिर्तामोडलाई दिनभरी रणभूमी त बनायो नै, प्रहरी गोलीले एक जनाको ज्यान लियो । दर्जनौं घाइते भए ।

दुई दिनदेखि बिर्तामोड कफ्र्यूको भरमा शान्त छ । ‘प्रहरीले कुरै नबुझी देखाएका बर्बरता नै बिर्तामोड गोलीकाण्डको मुख्य कारण हो,’ बिर्तामोड गोलीकाण्डका जनप्रतिनिधिदेखि सर्वसाधारणसम्म, दलका नेतादेखि व्यापारीसम्मले यही भनाई दोहोर्याइरहेका छन् । ‘प्रहरी खासगरी डिएसपी राजकुमार सिलवालले थोरै मात्रै संयम देखाएको भए यति ठूलो दुर्घटना हुने नै थिएन ।’ नागरिकमा समाचार छ ।