सम्पादकीय

चुनाव चिन्ह अंकित टोपी, गन्जी र गम्छा जफत गर्न सुझाव



विराटनगर, १२ कात्तिक । शून्य समयमा सुरक्षाकर्मीबाट निष्पक्ष पमा अनुगमन तथा भारतबाट आयत हुने राजनीतिक दलको चुनाव चिन्ह आंकित टोपी, गन्जी र गम्छा जफत गरी कारबाही गर्नु पर्ने शनिबार यहाँ आयोजित निर्वाचन अन्तरक्रियामा दलहरुले सुझाव दिएका छन् ।

क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरद्वारा आयोजित अन्तरक्रियामा सहभागी दलका प्रतिनिधिले आचारसंहिता उल्लंघन गरेको विवरण दिँदा आयोगले कारबाही नगरेको, सुरक्षाकर्मीले सबै दललाई समान व्यवहार गर्नुपर्ने, आयोग मतदाता शिक्षामा गम्भीर हुनुपर्ने, सरकाररी पक्षबाट हुने स्थानीय स्रोत र साधनको दूरुपयोगको नियन्त्रण गर्नुपर्नेमा जोड दिएका थिए । गोरखापत्रमा समाचार छ ।