सम्पादकीय

खड्का  मन्त्रालय तानिए



काठमाडौं, १४ कार्तिक । आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तानेको छ । इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगमै राख्दा निगमको हितविपरीत कार्य गर्न सक्ने भन्दै मन्त्रालयमा हाजिर गराउने निर्णय भएको हो ।

मन्त्रिपरिषद् निर्णयबाट बर्खास्तीमा परेका खड्का अदालतको आदेशपछि निगममा हाजिर भएका थिए । खड्कालाई तान्ने निर्णय भएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बताए । संसदीय समिति र मन्त्रालयबाट दोषी ठह¥याएका खड्कालाई आपूर्तिमन्त्री जयन्त चन्दले सोमबार सदर गरेका हुन् । मन्त्री चन्दले खड्कालाई सोमबार नै मन्त्रालय बोलाएर जानकारी गराएका थिए । नागरिकमा समाचार छ ।