सम्पादकीय

कांग्रेस–राप्रपा सम्बन्ध चिसियो



काठमाडौं, १४ कार्तिक । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले प्रत्यक्षतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ ।
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रणनीति तय भएको थियो । चुनावी सहकार्यअन्तर्गत प्रतिनिधिसभातर्फ मकवानपुर–१ मा राप्रपा अध्यक्ष कमल थापा र झपा–३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई छाड्ने भनिएको थियो ।

दोस्रो चरणअन्तगर्त २१ गते हुने निर्वाचनमा उम्मेदवारको मनोनयन गर्न दुई दिनमात्र बाँकी हुँदा कांग्रेसले समानुपातिक सूचीमा रहेको सिटौलाको नाम अघिल्लो दिन फिर्ता गरी सोमबार झापा–३ बाट प्रत्यक्षतर्फ उठाउने बताएपछि राप्रपा झास्किएको छ । नेपाल समाचारपत्रमा समाचार छ x।