Banner News

ढुंगेललाई पहिलानै नसमातेर अहिले किन समातियो खुल्दुली लागेको छः सवित्री श्रेष्ठ



काठमाडौ,१४ कार्तिक । सर्वस्वसहित सर्बोच्च अदालतबाट जन्मकैद फैसला सुनाईएका माओवादी नेता बालकृष्ण ढुंगलेलाई मंगलबार पक्राउ गरिएपछि माओवादीद्धारा हत्या गरिएका उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले भने यसबाट आफुलाई खुल्दुली लागेको बताईन ।

उनले ढुंगेललाई पहिला नै पक्राउ नगरी अहिले किन पक्राउ गरियो भनेर आफुलाई खुल्द्ली लागेको प्रिितक्रिया दिएकी छन् । ढुंगेल पक्राउ परेपछि नेपालपाटीलाई प्रतिक्रिया दिदै श्रेष्ठले पक्राउ हुनुपर्ने मानिस पक्राउ परेको भएपनि यसबेलाको पक्राउप्रति आशंका प्रकट गरिन् । ‘पहिला नै पक्राउ पर्नुपर्ने हो भएन, यति लामो समय पछि पक्राउ गरिएको छ, यसमा राजनीतिपो छाकि मिलिभगतपो छ कि अनेक प्रश्न उठेको छ ’ उनले भनिन् ।

अधिवक्ता दिनेश त्रिपाठीको रिटले समातिएको हो कि फैसला कार्यन्वयनको प्रक्रिायमा समाितएको भन्नेमा पनि आफुलाई खुल्दुली भएको श्रेष्ठले बताईन। उनले भनिन् पक्राउ परेका अपराधीलाई अव छोड्ने काम नहोस । आफु न्याययाका लागि लडेको सुनाउदेै श्रेष्ठले जे जे कारणले भएपनि आफुले बल्ल न्यायको लडाई जितेको अनुभुती भएको बताईन ।नेपाल पार्टीबाट