सम्पादकीय

प्रदेश निर्वाचनमा ‘गुन्डा’ प्रभाव



काठमाडौं । प्रहरीसँग २०६० यताको आपराधिक गतिविधिको सूचीमा दीपक मनाङे र गणेश लामाविरुद्ध दर्जन बढी रेकर्ड छन् । धम्की र जबरजस्ती रकम असुली त सामान्य नै भए । अपहरण, हत्या प्रयासलगायतका दर्जनौं रेकर्डसँगै शान्तिसुरक्षामा गम्भीर असर पार्नसक्ने सूचीको ‘ए’ श्रेणीमा नाम छ दुवैको ।
दुवैजना संघीय संरचनाअनुसार पहिलोपटक हुन लागेको प्रदेशसभाको माननीय बन्न चुनावी दौडमा छन् । मनाङे पहिलो चरणको निर्वाचनमा एमाले समर्थनमा उम्मेदवारका हैसियतमा मनाङ (ख) बाट उम्मेदावर छन् । लामाले दोस्रो चरणको निर्वाचनका लागि बिहीबार काभ्रे–२ (ख) मा नेपाली कांग्रेसका तर्फबाट मनोनयन दर्ता गरे ।

लामा र मनाङे संगठित आपराधिक यात्रामा गुरुचेला हुन् । २०५० पछि ठमेललाई आधार क्षेत्र बनाएर उपत्यका हुँदै नेपालभर आपराधिक जालो फैलाउन सक्रिय मनाङेको काँध चढेर काभ्रे खहरेपांगुका लामा आपराधिक गतिविधिमा प्रवेश गरेका थिए ।

होटलको बाउन्सर हुँदै लामाले मनाङेको मुख्य सहयोगीका रुपमा ठमेल क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै आपराधिक रेकर्डसँगै आर्थिक हैसियत बढाउँदै लगे । नागरिकमा समाचार छ ।