सम्पादकीय

ओभरलोड भारतीय ट्रक रोक्न व्यवसायीको माग



रुपन्देही । नेपाली सडकमा ओभरोडका भारतीय ट्रकहरु सञ्चालनमा रोक लगाउनुपर्ने भन्दै नेपाली ट्रक व्यवसायीहरुले माग गरेका छन् ।
भन्सार कार्यालयदेखि प्रहरी प्रशासनको संरक्षणमा अत्याधिक लोड भएका ट्रकहरुले नेपाली सडकमा गुड्दा नेपालका सडक तथा पुलहरुमा ठूलो क्षति भएको उनीहरुको भनाई छ । दैनिक ६० देखि १ सय ८० वटासम्म भरतीय ट्रकहरु भैरहवा भन्सार हुँदै भित्रिन्छन् ।

त्यस्ता ओभरलोड ट्रक भन्सारबाट पास हुँदा १० टनसम्म घटाएरको पाइएको व्यवसायीहरुले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । सम्मेलनमा १७ वटा भारतीय ट्रकको भन्सारमा गराएको भन्सार पास विवरण र पछि नेपालमा धर्मकाँटामा लिइएको तौलको विवरण पेस गर्दै पत्येक ट्रकमा सरदर १० टनसम्म घटाएको उल्लेख छ । नयाँ पत्रिकामा समाचार छ ।