सम्पादकीय

एक प्रतिशत घरधुरीमा स्वास्थ्य बिमा



काठमाडौं । सरकारले सञ्चालन गरेको स्वास्थय बिमा कार्यक्रम करिब १ प्रतिशत घरधुरीमा पुगेको छ ।  सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांकअनुसार विगत दुई वर्षको अवधिमा नेपालका ५० हजार ९ सय २१ घरधुरी बिमा कार्यक्रममा सहभागी भएका छन् ।

पछिल्लो राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा कुल घरधुरी ५४ लाख २७ हजार ३ सय २ रहेको छ । सो आधारमा ०।९४ प्रतिशत घरधुरी कार्यक्रममा सहभागी भएको समितिले बताएको छ । दुई वर्षभित्र नेपाल सबै नागरिकलाई कार्यक्रममा समेटिने सरकारको लक्ष्य रहेको छ । कारोबारमा समाचार छ ।