सम्पादकीय

फेसबुकको आम्दानी १० अर्ब डलर नाघ्यो



एजेन्सी । विज्ञापनबाट १० अर्ब डलरभन्दा बढी आम्दानी भएपछि फेसबुकको नाफामा पनि वृद्धि भएको छ । सेप्टेम्बरसम्मको तीन महिनाको अवधिमा फर्मले ४.७ अर्ब डलर नाफा गरेको छ । यो वार्षिक मपानका आधारमा ८० प्रतिशत बढी भएको फर्मका प्रमुख कार्यकारी मार्क जुकरबर्गले बताए ।

अमेरिकी विधायकहरुले अझै पनि २०१६ को चुनावमा रुसी प्रोपोगान्डा अभियान्ताहरुले यो प्लेटफर्म प्रयोग गरेको सम्भावनाका बारेमा परीक्षण गरिरहेका छन् । आफ्नो प्लेटफर्ममा हुन सक्ने दुरुपयोग रोक्न आफूहरु संवेदनशील भएको मार्क जुकरबर्गले बताए । ‘नाफ बढाउनुभन्दा पनि हाम्रो समुदायको रक्षा गर्नु हाम्र लागि महत्वपूर्ण हो,’ उनको भनाई थियो ।

फेसबुकमा आएको झूटा समाचारले चुनावमा पारेको प्रभावको विषय संवेदनशील भएको मार्क जुकरबर्गले गत वर्ष नै बताएका थिए । झन्डै १५ करोड मानिसले रुसी प्रपोगान्डाको दुष्प्रयास गरेको देखेको फर्मले बुधबार नै जनाइसकेको छ । कारोबारमा समाचार छ ।