सम्पादकीय

‘जोशीको उम्मेदवारी गैरकानुनी’ कानुनविदको जिकिर



काठमाडौं । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता गोविन्दराज जोशीको बागी उम्मेदवारी कानुनअनुसार अयोगय भएको कानुनविदहरुले जिकिर गरेका छन् ।

जोशीले बिहीबार तनहुँ–१ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । त्यस क्षेत्रमा कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । आफूले नपाएपछि जोशीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कानुनविदहरुले भैष्टचारी ठहर भइसकेकाले जोशीको उम्मेदवारी कानुनअनुसार रद्द हुनुपर्ने बताएका छन् । कान्तिपुरमा समाचार छ ।