सम्पादकीय

टीकापुर घटनाका आरोपित पनि उम्मेदवार



धनगढी । दुई वर्षअघि टीकापुरमा एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले कैलाली निर्वाचन क्षेत्र १ मा राजपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । राज्यको नजरमा फरार रहेका व्यक्तिले उम्मेदवारी दर्ता गर्न गैरकानुनी भएको कानुन व्यवसायीको भनाई छ ।

मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले कानुनी पमा नै फरार अभियुक्तको उम्मेदवारी गराएको बताएका छन् । अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म अभियुक्तलाई पनि उम्मेदवार बन्न पाउने कानुनी प्रावधान भएको उनको भनाई छ । नागरिकमा समाचार छ ।