समाचार

काठमाडौं उपत्यकाभित्र रगत अभाव रक्तदान गर्न आह्वान



काठमाडौं २२ कार्तीक ।अस्पताल तथा बिरामीबाट रगत माग अत्यधिक रूपमा बढ्दा काठमाडौं उपत्यकाभित्र रगत अभाव देखिएको छ । दसैं, तिहार तथा छठका समय रक्तदातामा कमी एवं रक्तदान शिविर सञ्चालनसमेत कम भएकाले उपत्यकाभित्र रगत एक्कासी अभाव देखिएको हो ।

नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रलाई रगत माग र आपूर्तिबीच सहजता ल्याउन कठिन भएको छ । यसका लागि सोसाइटीले आमरक्तदातालाई रक्तदान गर्न र रक्तदान शिविर बढाउन संघसंस्थालाई आह्वानसमेत गरेको छ । केन्द्रका निर्देशक डा। मनिता राजकर्णिकारले अहिले केन्द्रमा दैनिक २ सय युनिट ९प्रिन्ट० रगत माग हुने गरेको र बिरामीका आफन्तमार्फत नै मुस्किलले सो माग पूर्ति गर्ने गरेको जानकारी दिए । विगतमा पनि विशेषगरी दसैं, तिहार तथा छठका समय रगत अभाव देखिने गथ्र्यो । तर यसपटक तिहार तथा छठमा रगत अभाव देखिएको केन्द्रले जनाएको छ ।

रक्तसञ्चार ताहाचलबाट सञ्चालन तयारी

अर्कोतर्फ सोसाइटीले ललितपुरस्थित बालकुमारीमा रहेको अस्थायी रक्तसञ्चार सेवा केन्द्रलाई ताहाचलस्थित आफ्नै केन्द्रीय कार्यालयबाट सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ । यसका लागि अस्थायी प्रिफेब भवन निर्माण भइरहेको र तीन महिनाभित्र भवन निर्माण सम्पन्न भइसक्ने सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले जानकारी दिए ।

विभिन्न दुर्घटना, प्रसूति, क्यान्सर, शल्यक्रिया गर्नुपर्ने रोगजस्ता बिरामीको संख्या बढ्दै जाँदा रगत माग काठमाडांै, पोखरा, नेपालगन्जलगायत प्रमुख सहरमा दिन प्रतिदिन बढ्दै गएको छ । केन्द्रका निर्देशक डा। राजकर्णिकारका अनुसार रक्तसञ्चार सेवा केन्द्रमा मात्र देशभर दैनिक २ हजार युनिट रगत खोजी हुने गर्छ । हाल सोसाइटीअन्तर्गत आफ्ना ७२ जिल्लाका १ सय ५ स्थानबाट रक्तसञ्चार सेवा सञ्चालनमा रहेको छ ।

दैनिक ७८ प्रतिशत स्वयंसेवी रक्तदाता र २२ प्रतिशत बिरामीका आफन्तबाट अर्थात् शोधभर्नाबाट संकलन गर्नुपर्ने बाध्यता केन्द्रसँग छ । अर्कोतर्फ चिकित्सकले शल्यक्रियालगायत अन्य जटिल उपचार गर्नुपूर्व बिरामीका आफन्तलाई रगत जम्मा गर्न लगाउने तर सो रगत पुरै प्रयोगमा नआउँदा कति रगत मिति नाघेर खेरा जान्छ भन्ने एकिन तथ्यांक कुनै निकायसँग छैन । कुल रक्तदातामध्ये ८४ पुरुष र १६ प्रतिशत महिला छन् । केन्द्रसँग रगतका तŒवअनुसार तीनदेखि सात दिनसम्म भण्डारण गर्ने क्षमतामात्र छ ।

निर्धक्क रगत दिऔं र लिऔं स् प्रयोगशाला

राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाले विश्व स्वास्थ्य संगठनको ‘गाइडलाइन’ र यसले सिफारिस गरेका मापदण्डअनुसार नै ¥यापिड र इलाइज प्रविधिबाट नेपालमा रक्त परीक्षण हुँदै आएको छ । चिकित्सकका अनुसार रक्तदानबाट दान भएको रगतबाट जीवाणु संक्रमण हुने सम्भावना रहन्न, स्वच्छ व्यक्तिले निर्धक्क रगत दान दिँदा केही हुँदैन । हाल रक्तसञ्चार सेवा केन्द्रले रक्तदानबाट प्राप्त रगत एचआईभी, हेपाटाइटिस बी र सी तथा सिफिलिस परीक्षण गरेर मात्र वितरण गर्ने गर्छ । यसका साथै रक्तसमूह, बिरामीको रगतसँग ‘क्रस म्याचिङ’ गरेर मात्र वितरण हुन्छ ।

विश्वका वैज्ञानिकले हालसम्म मानव शरीरलाई आवश्यक पर्ने कृत्रिम रगत र तिनका प्रकार आविष्कार गर्न सकेका छैनन् । यसैले स्वच्छ व्यक्तिले दिने रगत नै अर्को बिरामी व्यक्तिले प्रयोग गरी नयाँ जीवन प्राप्त गर्छ ।

अर्कोतर्फ रक्तदान गरेर दातालाई कुनै हानि हुँदैन । चिकित्सकका अनुसार रगतमा भएको रातो रक्तकण भरिरहन्छन्, त्यसको परिपूर्ति तीन महिनामा भइहाल्छ । मानिसको तौलको करिब ८ प्रतिशत रगत हुन्छ । औसत तौलको मानिसमा चार लिटर रगत हुन्छ । यसैले ३ सयदेखि ३ सय ५० मिलिलिटर रगत झिक्दा शरीरलाई केही हानि नपुग्ने चिकित्सकको भनाइ छ ।

पहिलो स्वास्थ्य नीति, २०४८ ले नेपाल रेडक्रस सोसाइटीलाई रक्तसञ्चारसम्बन्धी सम्पूर्ण कार्य गर्ने जिम्मेवारी प्रदान गरेको थियो । यही जिम्मेवारीअन्तर्गत केन्द्रले विश्व स्वास्थ्य संगठनको मापदण्डअन्तर्गत रही रक्तदाताले दान गरेका रगत र तिनको तŒव सुरक्षित र गुणस्तरीय रूपमा बिरामीसम्म पु¥याइरहेको छ ।