Banner News

प्रचण्डपुत्र प्रकाशको निधन



काठमाडौ,३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयाघातका कारण मृत्यु भएको छ । बिहान करिब साढे ४ बजे हृदयघात भएको पारिवारीक स्रोतले जनाएको छ । प्रकाशलाई मृत अवस्थामा नै काठमाडौंस्थित नर्भिक अस्पतालमा पुरयाइएको अस्प्ताल स्रोतले जानकारी दिएको छ ।

उनलाई आइतबार बिहान पाँच बजेपछि अस्पताल ल्याइएको अस्पताल प्रशासनले जनाएको छ । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् । मृत्युको कारण बारे नर्भिक अस्पतालको आधिकारिक धारणा आउन बाकी छ । अत्यधिक मदिरा सेवनका कारण उनलाई हृदयघात भएको अस्पतालले उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

केहीदिनअघि उनी निकै तनावमा रहेका थिए । बुवा प्रचण्डको चुनाव प्रचारमा खटिएका उनी प्रचार छाडेर राजधानी आएका थिए ।नेपालपाटीबाट