Banner News

सिंगो कास्की वामपन्थीमय हुनुपर्छ : अध्यक्ष ओली



पोखरा ९ मंसिर । चुनावी सभाको दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष ओली कास्की पुगेका छन् । पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा चुनाव आउन १ दिन बाँकी रहँदा ओली पोखरामा चुनावीसभालाई सम्बोधन गर्दैछन् । पोखरा पुगेर चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कास्कीका सबै क्षेत्रमा वाम गठबन्धन जित्नुपर्ने बताएका छन् ।

यसअघि एमाले एक्लैले महानगर जितेको स्मरण गराउँदै ओलीले अब त एमाले र माओवादी मिलेर सिंगो पोखरा जित्नुपर्ने जिकिर गरेका छन् ।
ओलीले भने, ‘कास्कीका जनताले अब गाउँखाने कथामा जस्तै भनिदिनुपर्छ, कास्की जिल्लाको सेरोफेरो सबै हाम्रो ।

अन्त कहाँ कहाँ खोज्न पर्छ खोज ।’ झण्डै आधा घन्टा लामो भाषण गरेका एमाले अध्यक्ष ओलीले चुनावपछि वामपन्थी सरकार बन्ने र केरुङबाट काठमाडौंसम्म आउने रेललाई पोखरा ल्याइने बताए । उनले अघि भने, ‘अब रेल ल्याइन्छ, ल्याइन्छ । त्यो दिन धेरै टाढा छैन । ‘एमाले अध्यक्ष ओलीले पुसपछि मुलुकभरी नेपाली कांग्रेस नेतृत्वको सरकारको अस्तित्व नरहने समेत दाबी गरेका छन्