मनोरञ्जन

भोलि यी ३२ जिल्लामा गाडी नचल्ने, बाँकी ४५ जिल्लामा चल्ने



काठमाडौं ९, मंसिर । आइतबार हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अवधिभर ३२ जिल्लामा अनुमति पाएका बाहेकका गाडी नचल्ने भएका छन् ।
ट्राफिक प्रहरीका अनुसार अनुसार आइतबार ३२ जिल्लामा निर्वाचन अवधिभर कुनै पनि सवारी साधनहरु बिना अनुमती चल्न पाउने छैनन् ।
आइतबार प्रदेश नं १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश नं ५ का रूकुम ९पूर्वी भाग० र रोल्पा, प्रदेश नं ६ का रूकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा, तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा चुनाव हुँदैछ ।
बाँकि ४५ जिल्लाहरुमा भने सवारी साधनहरु सामान्य रुपमा चल्ने ट्राफिक प्रहरीले जनाएको छ ।
४५ जिल्लामा आगामी मंसिर २१ गते चुनाव हुँदैछ ।