Banner News

बम पड्काउनेलाई ओलीको प्रश्नः निर्वाचन नभए के हुनुपर्ने ?



काठमाडौ,१२ मंसिर । वाम गठबन्धनले ललितपुरको लगनखेलमा चुनावी सभा गरिरहेका बेला बम पड्किएको छ । वाम गठबन्धनका नेता केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा बम पड्किएपछि कार्यक्रममा सहभागीहरु त्रसित भएका छन् ।

आफूले बोलिरहँदा बम पड्केपछि एमाले अध्यक्ष समेत रहेका ओलीले कडा प्रतिक्रिया दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले बम पड्काउनेहरुले खोजेको के हो रु आफूले नबुझेको बताए ।

‘बम पड्काउनेहरुलाई मेरो प्रश्न छ, निर्वाचन नभएर के हुनुपर्ने रु खेदिएको राजा फर्काएर राख्नुपर्ने कि रु’, ओलीले प्रश्न गरे, ‘कि बम पड्काउनेलाई नै राजा बनाउनुपर्ने रु के का लागि बम पड्काएको होला रु कहीँ नपुग्ने विनाशको बाटो हो यो, बन्द गरौँ यो बमको खेति ।’

बम पड्किएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर अनुसन्धान थालिसकेको छ ।