Banner News

अनुराधाजी र प्रेमजीहरु पनि आउने पार्टी एमाले नै हो, ढोका खुल्ला छः महेश



भक्तपुर,१८ मंसिर । वामगठबन्धनका साझा उम्मेदवार भक्तपुर क्षेत्र नं २का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले पाँच महिना भारतले नाकाबन्दी गर्दा पनि भारतसंग आफ्नो पार्टीका नेता केपी शर्मा ओली नझुकेको र जुन दिन नाकाबन्दी खोल्छौ त्यही दिन भारतको भ्रमण गर्ने छु भनेर अडान लिएका थिए । पछि भारतले नाकाबन्दी खोलेपछि मात्रै उहाँले भारत भ्रमण गर्नु भएको हो भन्दै राष्ट्रियताको पक्षमा उहाँले दरो अडान राख्ने नेता पाएका छौ भन्नु भयो ।

आज कटुञ्जेमा आयोजित सभामा नेता बस्नेतले अब युवाहरुले साउदी र अरब बनाउने होइन, नेपाल बनाउने हो भन्दै उहाँले अब युवाहरुलाई स्वदेशमै कामको वाताबरण बनाउने कुरामा आफू लाग्ने वताउँनु भयो । घर बनाउँने देखि कपाल काट्ने सम्म वाहिर वाट आउने गरेका छन्, उनीहरुलाई विस्थापित गर्दै त्यस्ता काममा पनि हामी आफैले गर्नु पर्छ ।

सभामा उहाँले विकास निर्माणसंग एमाले जोडिएको छ । हिजो मैले हार्दा पनि निरन्तर रुपमा भक्तपुरको विकासमा लाग्दै आएको तपाईहरुले देखेकै छ भन्नु भयो । सभामा बस्नेतले नेमकिपाको वारेमा चर्चा गर्न आवश्यक नरहेको भन्दै उहाँहरु अर्थात अनुराधाजी र प्रेमजीहरु पनि आउने पार्टी एमाले नै हो भन्दै उहाँहरुका लागि ढोका खुल्ला छ भन्नु भयो ।