राजनीति

किन मागे रञ्जित र तुलाधरले आफूलाई मात्रै भोट ?



काठमाडौं १८ मंसिर । काठमाडौँ क्षेत्र नम्बर–९ को चुनावी सरगर्मी व्यापक बनेको छ । मौन अवधी सुरु हुनु केही घण्टा अघिसम्म पनि उक्त क्षेत्रका उम्मेदवार चुनावी घरदैलोमा व्यस्त बनेका छन् ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको मुख्य प्रतिस्पर्धा रहेको त्यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट केन्द्रीय संसद्का लागि एमाले नेता कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् । कांग्रेसका तर्फबाट भने ध्यानगोविन्द रञ्जित चुनावी मैदानमा उत्रिएका छन् । संविधानसभाको पहिलो र दोस्रो निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गरेका रञ्जित यो पटक ह्याट्रिकको तयारीमा जुटेका छन् । यता श्रेष्ठ भने विगतको पराजय रञ्जितको पोल्टामा हाल्दिने तयारीमा जुटेका छन् ।

विगतमा हार व्यहोरेपछि त्यो पाठ सिक्दै श्रेष्ठ यो पटक ती गल्तीलाई नदोहोर्याउने मात्र होइन सहज जित निकाल्ने अन्तिम तयारीमा जुटेका छन् । प्रदेशसभामा राजनीतिमा लामो अनुभव बटुलेका, बौद्धिक र स्थानीयस्तरमा निकै राम्रो छवी बनाएका उम्मेदवारसहित श्रेष्ठ चुनावी मैदानमा ओर्लिएसँगै अहिले रञ्जितको समूहले आफूलाई कमजोर आँकलन गर्न थालेको छ ।

वाम गठबन्धनमा प्रदेशसभा ‘क’ बाट डाक्टर अजयक्रान्ति शाक्य र ‘ख’बाट केशव पोखरेल उम्मेदवार बनेका छन् । शाक्य यो क्षेत्रका स्थानीय मात्र होइनन् । पूर्व गाविस अध्यक्ष समेत रहेका पोखर्रेल आफ्नो क्षेत्रमा निकै प्रभावशाली मानिन्छन् । अहिले दुबै जनाको राम्रो साथ पाएका श्रेष्ठसहितको टिम सहज जित निकाल्नेमा ढुक्क छ ।

रञ्जितको टिममा प्रदेश सभा ‘क’का इन्द्रमान डंगोल छन् । वाम गठबन्धनको निकै राम्रो प्रभाव देखेपछि अहिले तुलाधर टीम होइन आफू जित्नेमा बढी चिन्तित बनेका छन् । कांग्रेसकै मतदातासँग समेत तुलाधर आफूलाई मात्र भोट मागेको चर्चा अहिले क्षेत्र नम्बर–९ मा चर्चाको विषय बनेको –९ मा चर्चाको विषय बनेको छ । त्यसो त रञ्जित पनि तुलाधर जस्तै चिन्तामा छन् ।

उनले समेत आफ्नो पक्षमा मात्र भोट मागेपछि कांग्रेसकै मतदाता अलमलमा परेको एक मतदाताले जानकारी दिए । ‘आजसम्म मैले रुखमा भोट हाल्दै आएँ,’ एक मतदाताले भने, ‘यो पटक उम्मेदवारहरु नै आ–आफ्नो पक्षमा मात्र भोट माग्दै आएको देख्दा दुःख लागेको छ ।’ ती मतदाताले यो क्षेत्रमा कांग्रेस कमजोर भएको संकेत गरे ।

यो क्षेत्रको ‘क’ मा काठमाडौँ महानगरका वडा १२, १४,२१,२२ सँगै नगरपालिकाका पनि केही वडा पर्दछन् । महानगरपालिकाका चार वटै वडा स्थानीय निर्वाचनमा एमालेले जितेको थियो । त्यसकारण पनि यो क्षेत्रमा वामगठबन्धन निकै बलियो रहेको अनुमान गरिएको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य समेत यही क्षेत्रको वासिन्दा भएका कारण यो क्षेत्र अझ बलियो रहेको कांग्रेस स्वयंको अनुमान छ । मेयर शाक्य यो क्षेत्रमा निकै लोकप्रिय छन् । दुई पटक भारी मतसहित वडाध्यक्ष विजयी भएका शाक्यको लोकप्रियता पनि यो क्षेत्रको जितका लागि सहज हुने अनुमान कांग्रेसको छ । ‘रञ्जितलाई दुई पटक यो क्षेत्रका जनताले विजयी बनाएर पठाए,’ एक मतदाताले भने, ‘तर, उहाँ जितेर गएपछि यो क्षेत्रका जनताका पक्षमा केही पनि बोल्नुभएन । संसद्मा पनि घुरेर मात्र बस्नुभयो । यो पटक हामी नयाँ प्रतिनिधिको खोजिमा छौँ ।’

रञ्जित १० वर्ष सांसद् भए पनि जनताको घरमा नपुगेको जनताको गुनासो छ ।’ ‘प्रदेश ‘क’ मा ३५ हजार २ सय ३४ र ‘ख’मा २६ हजार भन्दा बढी मतदाता छन् । यी दुबै क्षेत्रमा शानदार विजयी हात पार्ने उम्मेदवारहरुको दाबी छ । डाक्टर शाक्य केपी ओली प्रधानमन्त्री हुँदा उनको विज्ञान, प्रविधि सल्लाहकार थिए । वौद्धिक नेता अजय, मेयर शाक्य र पार्टीका हेवीवेट श्रेष्ठका कारण पनि यो क्षेत्रमा वामगठबन्धनले सहज जित हात पार्ने अनुमान गरिएको छ ।