शैक्षिक

२५ जना महिला भेला गरेर पैसा बाड्दै गर्दा चितवनमा राप्रपा नेता पक्राउ



चितवन २० मंसिर । मौन अवधीमा आर्थिक चलखेल तिब्र भएको छ । नेपाली कांग्रेस र प्रजातान्त्रिक गठबन्धनका उम्मेदवारले मौन अवधिमा पैसा बाडेको निर्वाचन आयोगमा उजुरी आएको छ । चितवनमा विक्रम पाण्डेलाई जिताउन पैसा बाड्दै गर्दा प्रहरीले राप्रपाका जिल्ला नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भरतपुर ११ वरपिपल चोकमा राप्रपा संस्थापनका सिताराम छतकुलीको घरमा करिव २५ (३० जनाको महिला भेला गरेको र पैसा बाडेको रहेको पाइएपछि पैहरीले तत्काल नियन्त्रणमा लिएको थियो ।

प्रहरी आएको जानकारी पाएर राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे आफ्नो गाडीमा भागेपछि भरतपुर १० सिनर्जी चोकसम्म पिछा गरेर पक्राउ गरिएको थियो । अहिले राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे, भरतपुर ११ का राप्रपा वडा अध्यक्ष जगदिश अधिकारीलाई अनुषन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । राप्रपाका जिल्ला कोषाध्यक्ष प्रेम गैरे संवाद मञ्च चितवनका संयोजक समेत हुन् । बर्दीयामा पनि कांग्रेसका जिल्ला नेताले प्रसा बाड्दै गर्दा वामगठबन्धका कार्यकर्ताले नियन्त्रणमा लिएका थिए ।नेपालपाटी बाट ।