Banner News

बझाङ बन्यो वाम गठबन्धनको लालकिल्ला



बझाङ,मंसिर २२ । बझाङ क्षेत्र नं। १ प्रतिनिधिसभा एमाले उम्मेदवार भैरब बहादुर सिंह ३४ हजार ६ सय १२ मत ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्द्धी लोकतन्त्रिक गठबन्धनका पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत मात्र ल्याएर पराजित रहे । भैरब बहादुर सिंहले पृथ्वी बहादुर सिंहलाई ५ हजार ६५९ मतान्तरले पछि पारेका हुन् ।

प्रदेशसभा तर्फ बझाङ क्षेत्र नं। १ क प्रदेशसभा एमाले उम्मेदवार अर्जुन बहादुर थापा १७ हजार ८ सय ६८ मत ल्याएर बिजयी भए भने उनका प्रतिद्धन्दी कांग्रेसकी चन्द्रा देवी जोशीले १३ हजार १ सय ९७ मत प्राप्त गरेर पराजित रहिन् ।

त्यस्तै प्रदेशसभाकै ख मा माओवादी केन्द्र उम्मेदवार देवकी मल्ल ९थापा० १६ हजार ७ सय ४३ मत ल्याएर बिजयी भईन भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत प्राप्त गरी पराजित रहे ।

अहिले बझाङमा वाम गठबन्धनले बिजय उत्सब मनाईरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने भोली शनिबार मात्रै औपचारिक रुपमा घोषणा गर्ने जनाएको छ ।नेपालपाटी बाट ।