Banner News

काठमाडौं २ बाट माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्य निर्वाचित



काठमाडौं, २३ मंसिर । काठमाडौं क्षेत्र नं २ बाट एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । काठमाडौं २ बाट नेपालको यो दोस्रो जीत हो ।

नेपाल २७ हजार ३ सय ६६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिपक कुइँकेलले १४ हजार ९ सय २ मत ल्याए । त्यस्तै, विवेकशील साझा पार्टीका सूर्यराज आचार्यले ७ हजार ४ सय ३६ मत ल्याएका थिए ।