Banner News

ललितपुरमा वाम गठबन्धन हावी



ललीतपुर २४ मसीर । ललितपुर–२ र ३ प्रतिनिधिसभातर्फ वाम गठबन्धनका साझा उम्मेदवार विजयी हुँदा क्षेत्र–१ मा पनि समाचार तयार पार्दासम्म वाम गठबन्धन नै अगाडि देखिएको छ ।

क्षेत्र–२ मा एमालेका कृष्णलाल महर्जन र क्षेत्र–३ मा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल विजयी भएका छन्् । महर्जनले २७ हजार ७ सय १३ मत र उनका प्रतिद्वन्द्वी चन्द्र महर्जनले १६ हजार ९ सय ४५ मत प्राप्त गरेका छन्् । कृष्णलाल २०५६ सालमा पनि सोही क्षेत्रमा विजयी भएका थिए । क्षेत्र–२ मा विवेकशील साझा पार्टीका अमिरराज महर्जनले ५ हजार ७८ मत प्राप्त गरेका छन्् ।

क्षेत्र–३ मा भुषाल
क्षेत्र–३ मा वाम गठबन्धनकी पम्फा भुषाल विजयी भएकी छन्् । उनले २४ हजार ३६ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मदनबहादुर अमात्यलाई पराजित गरेकी छन्् । अमात्यले २२ हजार ३ सय २८ मत प्राप्त गरेका थिए ।

भुसाल २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । अमात्य २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए ।

प्रदेशसभातर्फ पनि वाम गठबन्धनकै वर्चश्व छ । प्रदेश क मा वाम गठबन्धनका राजकाजी महर्जन विजयी भएका छन्् । उनले १४ हजार ६ सय २४ मत ल्याएका छन्् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज महतले १० हजार १८ मत ल्याए ।

प्रदेश ख मा वाम गठबन्धनका जीवन खड्का विजयी भएका छन्् । उनले कांग्रेसका शिवराम बानियाँलाई पराजित गरे । यो खबर तयार पार्दासम्म औैपचारिक घोषणा हुन बाँकी थियो । क्षेत्र–१ मा वाम गठबन्धनका साझा उम्मेदवार नवराज सिलवाल २६ हजार ९ सय ४६ मतसहित विजयी भएका छन्् । उनले कांग्रेसका उदय शमशेर राणालाई पराजित गरेका हुन् ।

प्रदेश क मा वाम गठबन्धन अगाडि छ । वाम गठबन्धनकी सुशीला पुन अग्रस्थानमा रह“दा कांग्रेसका ऋषिराम घिमिरे दोस्रो स्थानमा छन्् । यो समाचार तयार पार्दासम्म प्रदेश ख को भने गणना सुरु भएको छैन ।

२०४८ देखि ६ वटा निर्वाचनमा पा“चपटक वाम दलले जितेको ललितपुरमा २०७० सालको संविधानसभा निर्वाचनमा मात्र कांग्रेस विजयी भएको थियो ।राजधानीका समाचार छ ।