Banner News

ओलीलाई ३० किलोको माला



झापा २७ मसीर । दमक नगरपालिकाले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सयपत्री फूलको ३० किलोको माला लगाएर सम्मान गरेको छ । नगरपालिका सम्मान कार्यक्रमको आयोजना गरी स्थानिय क्षेत्रमा फुलेको र भारतको सिलगुढीबाट ल्याएको सयपत्री फूल गाँसेर बनाइएको उक्त माला लगाइदिएर सम्मान गरिएकोहो । मुलुकमा प्रधानमन्त्रीजस्तो ठूलो जिम्मेवारी वहन गर्ने अवसर आउन लागेकाले एमाले अध्यक्ष ओलीलाई नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सयपत्रीको माला लगाइदिएका हुन् ।

माला ग्रहणपछि अध्यक्ष ओलीले थप जिम्मेवारी बढेको महसुस भएको प्रतिक्रिया दिए । उनले दमकसहित सिंगो देशको विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । मुलुकभरिकै सर्वाधिक मत ल्याएकाले अध्यक्ष ओलीलाई देशविकासमा थप जिम्मेवारी महसुस गराउन ठूलो परिमाणको माला लगाइदिइएको नगरपालिकाकी उपमेयर गीता अधिकारीले उल्लेख गरे ।राजधानीमा समाचार छ ।