काठमाडौ,३ पुस । नेकपा एमालेमा समानुपातिकको सूचीमा रहेका महत्वपूर्ण नेताहरु नै आउट हुने भएका छन् । प्रत्यक्ष र समानुपातिकको कूल संख्या जोड्दा त्यसको ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनैपर्ने भएकाले सूचीको १० नम्बर भित्रै परेको पुरुष उम्मेदवार पनि आउट हुने भएको छन् । एमालेले प्रत्यक्षतर्फ ८० सिट जिते पनि जम्मा–जम्मी दुई जना मात्रै महिला सांसद बनेकाले समानुपातिकमा महिलालाई स्थान दिनुपर्ने अवस्था छ । समानुपातिकतर्फ एमालेले ४१ सिट पाउने देखिएको छ ।
३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउनैपर्ने संवैधानिक बाध्यताका कारण उसले समानुपातिकतर्फ अधिकांश महिलालाई सांसद बनाउनुपर्ने भएको हो । प्रत्यक्ष र समानुपातिक गरी कुल १ सय २१ सिट जितेको एमालेले ३९ जना महिलालाई समानुपातिकबाट सांसद बनाउनुपर्ने हुन्छ । दुई जना प्रत्यक्षमा जितिसकेकाले एमालेले अब ३७ जना महिलालाई समानुपातिकबाट ल्याउनुपर्छ ।
जम्मा चारजना पुरुष मध्ये अघिल्लो ४ नम्बरमा रहेका ४ जना वाहेक अरु सबै आउन हुने देखिएको एमालेका एक नेताले जानकारी दिए । एमालेले समानुपातिकमा ४२ जनाको नाम सिफारिस गरेको छ । ४२ मध्य एमालेले ३७ जना महिला अनिवार्य प्रतिनिधित्व गराउनुपर्नेछ । अब एमालेले पेश गरेको समानुपाति सूचीको १ सय ५ नम्बरमा रहेको महिला पनि आउने देखिएको छ ।
अब एमालेले बुझाएको सूचीबाट प्रतिनिधिसभा सदस्य हुनेहरु दलले होइन, आयोगले छनौट गर्नेछ । सुरुमा महिला र पुरुषको हिसाव निकालेपछि ६ जातीय क्लस्टरहरु अनुसार विजेताहरु छनौट गरिनेछ ।
समानुपातिकमा दलहरुले उम्मेदवारी दिँदा महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउनु पर्ने व्यवस्था छ । त्यसमा पनि महिलाभित्रैबाट मिलाइनेछ ।
संविधानले नै राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको छ । समानुपातिकमा कम्तिमा ५१ प्रतिशत महिला निर्वाचित गराउनु पर्ने अनिवार्य छ । प्रत्यक्षमा निकै कम महिला २ जना मात्रै निर्वाचित भएकाले बाँकी सबै परिपूर्ती प्रत्यक्षबाट गनुपर्नेछ ।
संविधान अनुसार प्रतिनिधिसभामा एक तिहाई अर्थात ९२ जना महिला अनिवार्य छ । खसआर्यको ३१ प्रतिशत हुनेछ । आदिवासी जनजातिको २९, मधेसीको १५, दलितको १४, थारुको ७ र मुस्लिमको ४ प्रतिशत हुनेछ ।










प्रतिक्रिया दिनुहोस्