Banner News

आज प्रदेशसभाको सिट बाँडफाँट कुन प्रदेशमा कसको कति सिट ?



काठमाडौ,६ पुस। निर्वाचन आयोगको प्रदेशसभाको समानुपातिकतर्फको परिणाम आज निकाल्ने भएको छ । पाएको मतका आधारमा समानुपातिको सिट बाँडफाड गर्ने आयोगले जनाएको छ । सातवटै प्रदेशको समानुपातिकतर्फका सम्पूर्ण परिणामको प्रस्ताव आज आयोगमा पेश हुने र त्स अनुसार सिट बाँडफाँड गर्ने आयोगले जनाएको छ । समानुपातिकतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशको परिणाम निकाल्ने काम आसम्म सकाउने लक्ष्य राखिएको जानकारी दिए ।

आज साँझसम्म नभए भोलि दिउँसोसम्म सकिने बताए । आयोगसमक्ष पेस गरिने प्रस्तावमा प्रदेशगत रूपमा कुन दलले कति मत पाए, कुल मतको डेढ प्रतिशत थ्रेस होल्ड कटाएकामध्ये कुन दलले कति सिट पाउने, डेढ प्रतिशत मत नकटाएका दल र तिनले पाएको मतलगायत विवरण समेटिनेछन् । प्रतिनिधिसभातर्फ समानुपातिकको परिणाम दिन संवैधानिक र कानुनी जटिलता आएपछि आयोगले प्रदेशसभाको परिणाम पहिले सार्वजनिक गर्न लागेको हो । प्रदेशसभामा ५३ वटा राजनीतिक दलले चुनावी प्रतिस्पर्धा गरेका छन् ।

प्रदेशअनुसार दलहरूको संख्या भने फरक छ । कुल सदर मतको डेढ प्रतिशत मत ल्याउने राजनीतिक दल मात्रै सम्बन्धित प्रदेशसभामा समानुपातिकतर्फबाट सिट पाउन योग्य मानिन्छन् ।

कुन प्रदेशमा कसको कति सिट ?

प्रदेश १ मा

समानुपातिक सिट ३७ वटा। एमाले १५, कांग्रेस १३, माओवादी ५, फोरम २, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, राप्रपा १।

कूल सिट ९३

एमाले ५१, कांग्रेस २१, माओवादी १५, फोरम ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १, राप्रपा १, स्वतन्त्र १

प्रदेश २

समानुपातिक सिट ४३ वटा। एमाले ७, कांग्रेस ११, माओवादी ५, फोरम ९, राजपा १०, नेपाल संघीय समाजवादी पार्टी १।

कूल सिट १०७

एमाले २१, कांग्रेस १९, माओवादी ११, फोरम २९, राजपा २५, नेपाल संघीय समाजवादी पार्टी १, स्वतन्त्र १

बहुमतका लागि आवश्यक स् ५४

प्रदेश ३ 

समानुपातिक सिट ४४ वटा एमाले १६, कांग्रेस १४, माओवादी ८, विवेकशील ३, राप्रपा १, राप्रपा प्रजातान्त्रिक १, नेमकिपा १

कूल सिट ११०

एमाले ५८, कांग्रेस २१, माओवादी २३, विवेकशील ३, राप्रपा १, राप्रपा प्रजातान्त्रिक १, नेमकिपा २, नयाँ शक्ति १

बहुमतका लागि आवश्यक ५६

प्रदेश ४

समानुपातिक सिट २४ वटा। एमाले १०, कांग्रेस ९, माओवादी ३, जनमोर्चा १, नयाँ शक्ति १।

कूल सिट स् ६०

एमाले २७, कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३, नयाँ शक्ति २, स्वतन्त्र ९दीपक मनाङे० १।

बहुमतका लागि आवश्यक स् ३१

प्रदेश ५

समानुपातिक सिट ३५ वटा। एमाले १३, कांग्रेस १२, माओवादी ६, फोरम २, राजपा १, राजमो १।

कूल सिट स् ८७

एमाले ४१, कांग्रेस १९, माओवादी २०, फोरम २, राजपा १, राजमो १

बहुमतका लागि आवश्यक स् ४४

प्रदेश ६

समानुपातिक सिट १६ वटा। एमाले ६, कांग्रेस ५, माओवादी ४, राप्रपा १

कूल सिट स् ४०

एमाले २०, कांग्रेस ६, माओवादी १३, राप्रपा १।

बहुमतका लागि आवश्यक स् २१

प्रदेश ७

समानुपातिक सिट २१ वटा। एमाले ८, कांग्रेस ८, माओवादी ४, राजपा १।

कूल सिट स् ५३

एमाले २५, कांग्रेस १२, माओवादी १४, राजपा २

बहुमतका लागि आवश्यक २७