मनोरञ्जन

काठमाडौंवासीलाई नचाउँदै भारतीय डिजे सिवानी



काठमाडौं ८ पौष । भारतकी चर्चित डिजे डिस्को जक्की सिवानी ओबरायले ९ पुस साँझ काठमाडौंमा आफ्नो ‘डिजेइङ’ मार्फत यहाँका संगीतप्रेमीलाई नचाउने भएकी छन् । नयाँ दिल्लीबाट आफ्नो डिजे करिअर सुरु गरेकी सिवानी भारतीय अन्तर्राष्ट्रिय डिजेकी रूपमा परिचित छिन् । विशेष गरेर डिस्को जाने युवापुस्तामा उनको क्रेज बढी देखिएको छ ।

इसाई समुदायको मुख्य पर्व क्रिसमसको अवसर पारेर बेटर ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टले काठमाडौंको अन्नपूर्ण होटलमा आइतबार बेलुका ८ बजेबाट सुरु गर्न लागेको ‘क्रिसमस फेसन सो तथा डिजे पार्टी’मा सिवानी प्रस्तुत हुन लागेकी हुन् ।

कार्यक्रमका लागि उनी शनिबार काठमाडौं आउने बेटर ग्यालेक्सी इभेन्ट्सका अध्यक्ष धीरज तण्डुकारले जानकारी गराएका छन् । धीरजका अनुसार सो साँझमा सुरुको दुई घण्टा फेसन सो हुनेछ । फेसन डिजाइनिङ हाउस ‘पेज थ्री’ले तयार पारेका विभिन्न स्टाईलका पहिरनमा सजिएर मोडलहरूले क्याटवाक गर्नेछन् ।

पाँच सिक्वेन्समा हुने यो फेसन सोमा २० जना मोडलहरू प्रस्तुत हुने पनि धीरजले बताए । मोडलहरू ‘(याम्प वाक’का लागि केही दिन यताबाट अभ्यासमा व्यस्त छन् । कार्यक्रममा फेसन सो सकिएपछि बेलुका १० बजेपछिबाट डिजे पार्टी हुने पनि धीरजले बताए ।

फेसनको प्रवर्धनसँगै क्रिसमसको शुभकानमा आदनप्रदानका लागि आयोजना गरिएको सो फेसेन सो तथा डिजे पार्टी राति दुई बजेसम्म चल्ने पनि धीरजले बताए ।राजधानीमा समाचार छ ।