शैक्षिक

श्रीमतीले चिर्पट हानेर श्रीमानको हत्या



गोरखा १६ पुष । भीमसेन गाउँपालिका–८ बोर्लाङमा चिर्पट प्रहारबाट एक जनाको हत्या भएको छ । चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेको आरोप लगाइएको छ ।

६५ वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्र्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ । अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।

प्रहरीसमक्ष हीरादेवीले श्रीमान्को हत्या गरेको स्वीकार गरिसकेकी छन् । “घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ”, प्रहरी उपरीक्षक अधिकारीले भने, “घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ ।