रोचक

महिलाले पाठो जन्माइन्, सामाजिक सञ्जालमा पाठोको तस्बिर बन्यो भाइरल



 

काठमाडौं,। हामीले बेला बेलामा मानिसले विभिन्न जनावरजस्तै बच्चा जन्माएका घटना सुनिरहेका हुन्छौं । त्यस्ता घटनाले हामी अचम्ममा पनि पर्छौं । फेरी अचम्मको घटना भएको छ, नाइजेरियामा ।

नाइजेरियामा एउटी महिलाले यस्तो बच्चा जन्माएकी छन्, त्यो बच्चा बाख्राको पाठो भन्दा केही फरक छैन । उनले जन्माएको बच्चाको रुप पूरै पाठोसँग मेल खान्छ ।

अझै अर्को अचम्म के छ भने उनले ९ महिना कोखमा राखेर पाठो जन्माएकी होइनन् । पूरै तीन वर्ष कोखमा राखेर उनले पाठोलाई जन्म दिएकी हुन् ।

उनले जन्माएको पाठोको फोटो अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ । साइमन चुकवु नामका व्यक्तिले सो फोटो आफ्नो फेसबुक पेजमा राखेका थिए । उनले आफ्नो फेसबुकमा नाइजेरियाको पोर हारकोर्टमा दुई दिन पहिले ती महिलाले ३ वर्षको गर्भबाट एक पाठोको जन्म दिएकी उल्लेख गरेका छन् ।

ती महिलाले पाठोलाई जन्म दिएपछि उनको परिवार लज्जित बनेका छन् भने अर्कोतर्फ ३ वर्षदेखिको पीडाबाट मुक्त भएकोमा खुसीसमेत साटासाट गरेका छन् । एजेन्सी