
काठमाडौ २९ पुस । अनसनरत प्रा डा गोविन्द केसीले आफ्नो १४ औं अनसन तोडेका छन् । सरकारसँग शुक्रबार राति भएको ५ बुँदे सहमति भएपछि डा केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् ।
चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएम को डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै पुस २४ गते अनसन बसेका थिए । तर सरकारसँगको ५ बुँदे सहमतीको बुँदामा प्रधानन्याधीश पराजुलीबारे कुनै कुरा उल्लेख छैन ।
सहमतिका बुँदा
१ चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सात दिनभित्र सिफारिस समिति गठन गर्ने
२ डिन जगदीश अग्रवालको नियुक्ति निरन्तरताका लागि निर्देशन दिनुपर्ने
३ आईओएमका अधिकार फिर्तासम्बन्धी सम्झौता कार्यान्वयन गर्न कदम चाल्नुपर्ने
४ अधिकार फिर्ताका लागि त्रिवि सिनेट बैठक बोलाउने
५ पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन र सेवा विस्तारमा बजेट व्यवस्था गर्नुपर्ने । नेपालपाटीबाट










प्रतिक्रिया दिनुहोस्