Banner News

सरकार हस्तान्तरणमा ढिलाई कांग्रेसको वाम गठबन्धन टुटाउने खेलः नेम्वाङ



काठमाडौ,२९ पुस । एमाले नेता सुवासचन्द्र नेम्वाङ्गले कांग्रेसमाथि सरकार सत्ता हस्तान्तरण नगर्ने र वाम गठबन्धन टुटाउने खेलमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्री र कांग्रेस नेताहरुको पछिल्लो अभिव्यक्तिले त्यही संकेत गरेको उनले बताए ।

नेम्वाङले सुनाए, ‘प्रधानमन्त्री स्वयंमले वामपन्थी गठबन्धनकै नेतालाई पाँच वर्ष सरकार चलाउनुस्, हाम्रो समर्थन छ भन्नुभयो । एक जना नेताले वामपन्थी गठबन्धन नटुटाई छाड्दै छाड्दिनँ भन्नुभयो । अहिले आएर प्रधानमन्त्रीले नेपालमा जे पनि हुनसक्छ, सरकार बन्छ, एमाले बाहेक अरुको पनि बन्न सक्छ भन्नुभयो ।’

अघि भने, यो भनेको पारी चितुवा करायो, बारी सिगारी हरायो भयो कि भएन रु उहाँहरु सरकार हस्तान्तरण नगर्ने र बाम गठबन्धन टुटाउने तर्फ लागेको त होइन ?

दोलखाबाट निर्वाचित प्रदेश र प्रतिनिधिसभा सदस्यहरुलाई बधाई दिन आयोजित कार्यक्रममा नेता नेम्वाङले वाम गठबन्धन जनताबाट अनुमोदित भईसकेकाले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने विश्वास दिलाए । नेपालपाटी