भक्तपुर,१ फागुन । अखिल नेपाल महिला सध भक्तपुरले आन्तररिक संगठन सृदृढीकरणको अभियानलाई जिल्लामा तीव्र पारेको छ । जिल्ला संघले यतिबेला मातहतका सबै सागठानिक निकायहरुलाई चलायमान बनाएको छ ।
संघका नेतृहरु सागठानिक काममा जिल्लाका गाउँ, वडा तहहरुमा महिला भेला, बैठक, प्रशिक्षण लगायतका काममा जुटेका छन । यतिवेला संघका नेतृहरुले जिल्लाका सबै नगरपालिका र वडाहरुमा संगठन विस्तारको कामलाई मात्रै तीव्र पारेका छैनन,प्रशिक्षण कार्यक्रममा संगठनमा आवद्ध महिलाहरुलाई पार्टीको निर्देशन,सिद्धान्त,संविधानमा महिलाका हक,अधिकारको र जवज बारे प्रशिक्षित पार्ने काम गर्दै आएको संघ कि जिल्ला सचिव उत्तरा नेपालले वताइन् ।
सागठानिक सुदृढीकरण अभियानको क्रममा स्थानीय निर्वाचनमा महिलाको सहभागितालाई प्रभावकारीढगले उपस्थित गराउन र निर्वाचनताका सिगो जिल्लामा एमालेलाई पहिलो शक्तिका रुपमा विजयी बनाउ अभियान थालेको उनले जानकारी दिइन् महिलाहरुलाई सिगो जिल्लामा परिचालित गर्न संघ कि जिल्ला अध्यक्ष विना बास्तोलाको गतिशिलता र सक्रियतामा कार्यक्रमहरु हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्