Banner News

एमालेले छान्यो राष्ट्रियसभाका थप १६ उम्मेदवार



काठमाडौ,९ माघ। नेकपा एमालेले राष्ट्रियसभा सदस्यका थप १६ उम्मेदवार चयन गरेको छ । एमाले स्थायी कमिटीको बैठकले प्रदेश १, २, ३ र ४ का उम्मेदवारहरु चयन गरेको हो ।प्रदेश १ बाट परशुमेघी गुरुङ उम्मेदवार बनेका छन् । तर, जगन्नाथ खतिवडाले टिकट पाएनन् । पार्टीको निर्देशनमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको टिकट वाम तालमेलका कारण खोसिएको थियो । उनी राष्ट्रियसभा सदस्यका दाबेदार थिए ।

तर, खुलातर्फ एमालेले पाएको दुई सिटमा गुरुङ र हरिचरण सिवाकोटी छनोट भएका छन् ।

यसअघि सोमबार बसेको बैठकले ५, ६ र ७ प्रदेशका उम्मेदवार चयन भएको थियो ।

प्रदेश नं १
१ नैनकला ओझा महिला मोरङ
२ खेम नेपाली दलित मोरङ
३ हरिचरण सिवाकोटी खुला झापा
४परशुमेघी गुरुङ खुला संखुवासभा
५ अगम बान्तवा अल्पसंख्यक इलाम

प्रदेश नं २
१ सुमन प्याकुरेल खुला, सप्तरी

प्रदेश नं ३

१पार्वती रावल महिला चितवन
२ उदया शर्मा महिला, काठमाडौं
३ सिंहबहादुर बिक दलित, सिन्धुपाल्चोक
४ वलराम बाँस्कोटा खुला, काठमाडौं
५ बेदुराम भुसाल खुला ,काठमाडौं
६ रामचन्द्र राई दनुवार अल्पसंख्यक मकवानपुर

प्रदेश नं ४

१ रामबहादुर थापा अपांगता स्याङ्जा
२ गणेश तिमिल्सिना खुला, पर्वत
३ शान्ति अधिकारी महिला, बाग्लुङ
४दीपा गुरुङ महिला, लमजुङ

यस अघि छनोट भएका उम्मेदवारहरु

प्रदेश नं ५

१ रामलखन हरिजन दलित पश्चिम नवलपरासी
२ खिमलाल भट्टराई खुला रुपन्देही
३ मीना बुढा महिला रोल्पा
४ कोमल वली महिला दाङ

प्रदेश नं ६

१ कविता बोगटी महिला हुम्ला
२नन्दा शर्मा महिला सुर्खेत
३ नरपति लोहार दलित कालिकोट
४ भैरवसुन्दर श्रेष्ठ खुला जाजरकोट
५ ठगेन्द्र पुरी खुला,पश्चिम रुकुम

प्रदेश नं ७
१ कमला ओली महिला कैलाली
२ इन्दु कडेरिया बिष्ट महिला कञ्चनपुर
३ शेरबहादुर कुँवर खुला अछाम
४चक्रप्रसाद स्नेही दलित डडेलधुरा