काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले तेस्रो वरियताका डीआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
सरकारले आईजीपी बनाएको केही घण्टामै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।
त्यसको केही घन्टालगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई आईजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चले चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय र १३ जना डीआईजीकोे कार्यसम्पादन फाइल झिकाउन पनि आदेश दिएको छ ।
राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्