भक्तपुर,२० माघ । सूर्यविनायक नगरपालिकाले आज आफ्नो भूगोलभित्र पर्ने अरनिको राजमार्गमा सफाई अभियान ग¥यो । राजमार्गको राधे–राधे,पाण्डुबजार र नलिन्चोकको जोरपाटीबाट शूरु गरेको सफाई अभियान सूर्यविनायमा पुगेर सम्पन्न भएको थियो । अभियानमा सुरुक्षाकर्मीहरु, प्रहरीहरु, विद्याथीहर्रु, शिक्षहरुक ,नगरपालिकाका कर्मचारीहरु,जनप्रनिनिधिीहरु, सामाजिक अभियान्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
सूर्यविनायकको समापन कार्यक्रममा मेयर बासुदेव थापाले नगरलाई सफा पार्ने र राख्ने योजना शूरु भएको र यो सफाई अभियानमा सबैले नगरपालिकालाई साथ र सहयोग गर्ने नगरपालिकाले अपेक्षा राखेको बताए ।
कार्यक्रममा सामाजिक अभियान्ता डा राजु अघिकारीले नूर्यविनायक नगरपालिकाले थालनी गरेको यो अभियानले अबका दिनमा निरन्ता पाओस भन्दै यो अभियान जिल्लाका अन्य नगरपालिकाले पनि शूरु गरुन भने । उनले हामी नाक हाम्रो भन्छौ सिगान नगरपालिकाको । हामी कपाल हाम्रो भन्छौ, तर चाया हाम्रो भन्दैनौ । जब सम्म हामी सिगान र चाया पनि हाम्रौ हो भन्छौ तब मात्र फोहरको व्यवस्थापन हुने वताए ।
अधिकारीले फोहर उठाउन सिठी बजाएर आउनेलाई हामी फोहर आयो भन्छौ, तर फोहर उठाउने त सफाईको प्रतिक हो,जो हामीले गरेका फोहर उठाउन आउँछ, त्यो कसरी फोहोरी हुन्छ, भन्दै उनले थपे हामीले गरेको फोहरको व्यवस्थापन हामी आफैले गर्नु पर्छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिकी उपसंयोजक सरीता कुंवर, उममेयर जुना बस्नेत, प्रवक्ता उपेन्द्र केसी, फोहर व्यवस्थापन समितिका संयोजक सानु कायस्थ,सोयाका प्रतिनिधिले सफाईको यस्ता कार्यक्रम आगामी दिनमा पनि नगरपालिकाले निरन्तरता दिने वताए । कार्यकमको संचालन नगरपालिकाका प्रशासकीय अधिकुत चिरन्जिबी तिमिल्सिनाले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्