Banner News

ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्तामा के–के कुरा अघि बढ्यो



काठमाडौ,२५ माघ। नयाँ सरकार गठन र पार्टी एकताबारे एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच बिहीबार अपरान्ह ‘वान टु वान’ वार्ता भएको छ ।
वार्तामा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेशसभा र पार्टी एकताबारे छलफल भएको थियो प्रचण्‍डको सचिवालयले जानकारी दिएको छ ।

‘पार्टी एकता र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा उहाँहरूबीच कुराकानी भएको प्रचण्डको सचिवालयले जानकारी गराएको छ ।
दुई नेताले शुक्रबार पार्टी एकता संयोजन समितिको बैठक गर्ने निर्णय गरेका छन् ।

राष्ट्रियसभाको चुनाव पनि सकिइसकेकाले सरकार गठनका लागि छिटो प्रक्रिया अघि बढाउन एमाले अध्यक्ष केपी ओली प्रेसरमा छन् । माओवादीले चाहिँ सरकार गठनसँगै पार्टी एकताको सुनिश्चितता हुनुपर्ने र सँगै त्यसको फ्रेमवर्क बनाइनुपर्ने अडान राखिरहेको छ ।