शैक्षिक

हामी जनताप्रति उत्तरदायी हुनुपर्छ, गनगन गर्ने होइनः मेयर थापा



भक्तपुर,२७ माघ । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्ने बताए । सूर्यविनायक नगरपालिकाको आयोजनामा दुईदिनदेखी चलेको अभिमूखी कार्यक्रमको समापन गर्दै उक्त कुरा बताएका हुनु ।

आफूहरु जनताको सेवा गर्न आएकाले शासक होइन हामीसबैले सेबकको रुपमा जनताको काम गर्नु पर्छ भन्दै सूर्यविनायकलाई फरक नगरपालिकाको रुपमा परिचित गर्न जनप्रतिनिधिले मात्रै होइन, कर्मचारी साथीहरुले पनि सहयोग गर्नु पर्ने बताए ।

हामीलाई जनताले परिवर्तन र विकास गर्नका लागि पठाएको हो,त्यसैले जनताको विश्वास जित्ने गरी हामी अब कार्ययोजना बनाएर आफूहरु अघि बढ्ने वताए ।

दुईदिन सम्म चलेको अभिमुखीकरणमा स्थानीय सरकार संचालन ऐनका,२०७४का बारेमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया,स्थानीय कर र स्थानीय आर्थिक कार्यविधिका बारेमा पुरुषोतम नेपाल,स्थानीय तहमा पूर्वाधार विकास सम्बन्धी मापदण्डहरु तथा गुणस्तर नियन्त्रणका विषयमा स्थानीय विकास मन्त्रालयकै सहसचिव महेश अर्याल, रुद्र तामाङ, कानुन सम्बन्धमा काशीराज दाहाल,नरवहादुर कार्की लगायतले तालिम प्रक्षिक्षण दिनुभएको थियो ।