Banner News

सरकारले चाँडै पूर्णता पाउँछः प्रधानमन्त्री ओली



काठमाडौं, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चाँडै पूर्णता पाउने बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले शेर्पा जातिहरुको प्रमुख चाड ग्याल्बो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण समुदायलाई शुभकामना व्यक्त गर्दै नयाँ संविधान अनुसार भएका निर्वाचनपछि आधारभूत रुपमा संक्रमणकाल सकिएको बताउनु भएको हो । चक्रपथबाट

‘गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आधारभूत रुपमा संक्रमण सकिएको छ’ उहाँल शुभकामनामा भन्नुभएको छ,‘यही निर्वाचन परिणाम अनुसार देशले नयाँ प्रधानमन्त्री पाएको छ । अव चाँडै नै सरकारले पूर्णता पाउँछ ।’ उहाँले नेपाल बहुजाती ,बहुसाँस्कृतिक,बहुभाषिक देश भएको उल्लेख गर्दै नेपालको यस प्रकारको मौलिक विविधता राष्ट्रिय एकताको आधार रहेको बताउनुभयो ।

राष्ट्र, राष्ट्रियता, स्वभिमान, शान्ति र लोकतन्त्रप्रतिको प्रतिवद्धता दोर्होयाउँदै प्रधानमन्त्री ओलीले संविधानले निर्दिष्ट गरेका मौलिकहकको प्रत्याभूतिका लागि सरकार सधैं प्रतिवद्ध रहने बताउनुभयो । ‘सुखी नेपाली,समृद्ध नेपालको चाहनालाई पुरा गर्न सरकारले चालेका कदमहरुप्रति यहाँहरु सबैको साथ र सहयोग प्राप्तहुनेछ भन्ने विश्वास मैले लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ । चक्रपथबाट