Banner News

नसुन्ने कानहरुलाई त्यो अभियानले तरगित पार्ने छ



 

प्रदीप ज्ञवाली

संविधान संशोधनको प्रस्वाब पेश भयो भने पनि त्यो असफल हुन्छ भन्ने कुरा सरकारले नबुझेर निर्वाचन भन्दा संशोधन पहिले भन्दै आएको हो र ?

सरकारले संसदभित्रको अवस्था बुझनु भएको छैन भन्दिन् । सरकारमा सम्लघन पार्टीभित्र संशोधनको विरोधमा थुप्रै सांसद हुनुहुन्छ । कोही खुलेर कोही नखुलिकन । यहाँ सम्म कि पछिल्लो समय राप्रपाले समेत आफ्नो अडानलाई स्पष्ट पारिसकेको छ ।अर्थात, राजनीतिक, प्राविधिक र गाणितको हिसाबले संविधान संशोधन पारित हुन सक्ने अवस्था एक प्रतिशत पनि छैन् । यो जान्दा–जाँदै संशोधनको जिद्धि गरिरहनुको उद्देश्य भनेको जहाँ वाचा–कबोल गरिरहेको छ त्यसप्रतिको वफादारिता वा चाटुकारिता देखाउनु हो ।

दोस्रो कुरा मुलुकमा सचेतन तबरले दलहरुबीच राजनीतिक धुविकरण निम्ताउने, आपसी तिख्ततालाई बढाउने उद्देश्य हो । तेस्रो हामी संशोधनको प्रयत्नमा थियौ, भने र मधेस केन्द्रित दलहरुको समर्थन लिने काम हो । पारित नहुने संशोधन प्रस्ताव पेश गर्ने जिद्धि गरिरहनु भनेको मुलुकमा द्धन्द्ध निम्ताउन खोज्नु बाहेक अर्को केही हुनसक्दैन् । हुँदा–हुँदा जेठमा निर्वाचन हुने अवस्था पनि टरेको छ । अब चुनावको लागि एउटा मात्रै स्पष्ट सिजन बाँकि छ,कार्तिकमा । त्यो समय पनि अप्ठ्रोमा पार्ने र रिक्तताभित्र खेल्ने दुराशय यस भित्र लुकेको देखिन्छ ।

कुरो यस्तो हो भने एमाले किन त निर्वाचन–निर्वाचन भनेर रट लगाइरहेको छ ?

शान्तिपूर्ण आन्दोलनबाटै हामी दबाबको पक्षमा छौ । सत्ता गठनबन्धन फेरिनको निम्ति सत्तारुढ दलभित्र तिक्तता, सबन्ध विच्छेदको स्थिति हुनुपर्छ । हामी त्यसप्रति रत्तिभर रुचि राख्दैनौ । निर्वाचनकै पक्षमा छौ । निर्वाचनका माध्यामबाट वितेका कुराहरुको हिसाब–किताब गर्न चाहान्छौ । हामीलाई राष्ट्रियतको अडानमा उँभिए बापत,गरिबको पक्षमा बजेट, ल्याएवापत,प्रतिशोधको हिसाब हामी बहुमत ल्याएर चुक्ता गर्ने पक्षमा छौ । सत्तारुढ दलको गठबन्धनभित्र खेलेर जाने कुनै उद्देश्य छैन् ।

थाहा छैन, पुष्पकमल दाहाल जी के सोची राख्नु भएको छ । ६ महिना अघि केपी ओलीका विरुद्ध अविश्वास प्रस्ताबको अगुवाई गरेर जथाभावी आक्षेप लगाइएका ती भिडियो क्लिप्सहरु ह्ेर्दा ग्लानी हुन्छ कि हुँदैन ? तर, इतिहासको यो कालखण्डमा संविधानलाई कार्यान्वयन नगरेर, त्यसलाई असफल बनाउने कुराको एउटा कारक जसरी बन्नु भएको छ । त्यो गल्तीको सजाय, उहाँलाई जनताले निर्वाचनबाट दिन्छन् । निर्वाचन नगर्ने जे–जति प्रपञ्च छन, त्यो सफल हुँदैन् ।

एमालेले उठएको राष्ट्रवादलाई महेन्द्रपथ भनेर उडाइदै छ नी ?
नेपालमा राष्ट्रियताको पक्षपोषण गर्दा, योजनाबद्ध ढंगले आक्रमण गर्न खोजिएको छ । कतिपय मिडिया, बुद्धिजीवी र विश्लेषक भनिनेहरुकै योजनाबद्ध संगठित प्रयत्न देखिन्छ । एमालेको त जम्माजम्मी तीनवटा कुरा हो ।
पहिलो हो–देश सानो होला, आर्थिक विकासमा पछाडि होला ।तर, हाम्रा सार्वभौमसत्ता अरु कुनै देशको जतिकै समान छ । संयुक्त राष्ट्रसंघमा आवद्ध १९६ देश मध्ये नेपाल उतिकै सार्वभौम हो । आफ्ना मुद्दाको छिनोफानो आफै गर्न पाउने हक नेपाली जनतालाई छ ।
दोस्रो हो– हामी हाम्रा छिमेकीहरुसंग सन्तुलित सम्बन्ध राखेर अघि बढ्न चाहन्छौ । जस्तो खाले भूराजनीतिक अवस्थामा ,छौ हामीलाई एउटा छिमेकिको अडेस लाएर अर्कोलाई चिढ्याउने वा लाग्ने छुट छैन् । त्यस्तो गर्नु आत्माघाती हुन्छ ।
तेस्रो हो– राष्ट्रियताको मुख्य आधार जनताबीचको एकता हो ।वहुभाषिक,बहुधार्किक,बहुजातीय र बहुसास्किुतिक रुपमा वाधिएको यो राष्ट्रलाई योजनाबद्ध ढगले विथोल्न खोजिदैछ ।

माओवादीले रोपेको जातीयताको विउले प्रत्येक जात–जातको राज्य, अर्थात देशजातीहरुको महासंघ बनाउने प्रचलन उसले ल्यायो । आज मधेसी दलहरु त्यही गर्दै छन् । नेपाल एक राष्ट्रिय राज्य होइन,बहुराष्ट्रिय राज्य हो । तराई र मधेस बिलकुल अलग–अलग इकाई हो भन्ने गलत सोच छ । मधेसीले किन दुःख पाए पहाडियाका कारणले । जनजातीले किन दुःख पाए ? खस बम्हनका कारणल । यस्तो खाले गलतवहसमा मुलुकलाई अल्मलाउने काम भैराखेको छ ।
एमालेमाथिको यो आरोप राष्ट्रियता कमजोर पार्ने डिजाइन अनरुप नै योजनाबद्ध ढंगले भएको हो भन्न खोज्नु भएको हो ?
हम्रो देशको राष्ट्रियतामाथि भित्री र वाहिरी दुबै हिसाबले आक्रमण भैराखेको छ ।आफ्नो संविधान आफै बनाउँन पाउँदैन,कमजोर भएर सधैभरि अरु देशको अधिनस्थ हुनुपर्छ भन्ने मानसिकताले राष्ट्रियतालाई कमजोर पार्ने प्रयास भएको छ । त्यसको विरुद्ध उभिने कुरालाई तथाकथित महेन्द्रीय राष्ट्रवाद का बकबासमार्फत दिग्भ्रमित गर्ने कोसिस भैइरहेको छ ।
 एमालेमाथि छरिएको यस्तो भ्रम चिर्ने काम पनि त पार्टीको होइन र ?
हामीमाथि लगाउँदै आएको भ्रम चिर्ने अभियानमा हामी लागि सकेका छौ ।मधेसकेन्द्रित कार्यक्रमबाट हामीले भ्रम चिर्ने कामलाई तीव्र पारेका छौ । फागुन २१ गतेबाट शूरु हुने मेची–महाकाली राष्ट्रिय अभियानले प्रष्ट पार्ने छ । नसुन्ने कानहरुलाई त्यो अभियानले तरगित पार्ने छ ।
ज्ञवाली एमालेका सचिव हुनुहुन्छ