काठमाडौं,११ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच शक्ति बाँडफाँ८मा सहमति भएको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबिचको छलफलपछि मुख्य पदमा सहमति भएको हो । सहमति अनुसार राष्ट्रपति, राष्ट्रियसभा अध्यक्ष र उपसभामुख एमालेका तर्फबाट हुनेछ भने उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभा उपाध्यक्ष माओवादीका तर्फबाट बनाउने गरी सहमति भएको हो ।
एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन प्रस्ताव गरे पनि माओवादीले नमानेपछि एमालेले त्यसमै सहमति गरेको हो ।
राष्ट्रपति, प्रधानमन्त्रीसँगै सभामुख पनि एमालेलाई दिन उचित नहुने भन्दै माओवादीले अडान लिएपछि एमाले लचक बनेको हो । पछिल्लो समय मधेसी दलहरुलाई पनि सरकारमा सामेल गराउने प्रयास भइरहेकाले उनीहरुसँग सहमति भएको अवस्थामा केही पदको बाँडफाँटमा हेरफेर हुन सक्ने एक नेताले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्