Banner News

चार मन्त्री थपिए , पोखरेल दोस्रो वरीयतासहित रक्षा, थापा गृह, खतिवडा अर्थ र यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

काठमाण्डौ १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यससँगै मन्त्रिपरिषद् अब सात सदस्यीय बनेको छ । दोस्रोपटक भएको मन्त्रिपरिषद् विस्तारमा एमाले र माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री थपिएका हुन् । एमालेबाट पार्टी महासचिव ईश्वर पोखरेल रक्षामन्त्री र डा। युवराज खतिवडा अर्थमन्त्री भएका छन् । माओवादी केन्द्रबाट वरिष्ठ नेता रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका छन् ।

नवनियुक्त अर्थमन्त्री खतिवडालाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । तर, सर्वोच्च अदालतले आइतबार उनीसहित मनोनीत तीनैजनाको शपथग्रहण आगामी २० फागुनसम्म रोकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराइएको हो ।

३ फागुनमा माओवादी केन्द्रको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका थिए । प्रधानमन्त्री भएकै दिन ओलीले एमालेका लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेका थिए ।

सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेकामध्ये डा। खतिवडा नयाँ अनुहार हुन् । प्रधानमन्त्री ओलीको गृहजिल्लाका खतिवडा पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुई कार्यकाल उपाध्यक्ष भइसकेका छन् । अर्थविज्ञका रूपमा चिनिने डा। खतिवडा प्रधानमन्त्री ओलीको विशेष रोजाइमा अर्थमन्त्री भएका हुन् ।

एमाले महासचिवसमेत रहेका पोखरेलले तेस्रोपटक मन्त्री बन्ने अवसर पाएका छन् । यसअघि उनी आपूर्ति र परराष्ट्रमन्त्री भइसकेका छन् । शेरबहादु देउवा नेतृत्वको सरकारमा उनी आपूर्तिमन्त्री र डा। बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानसहित परराष्ट्रमन्त्री भएका थिए ।

काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पोखरेल ओली सरकारमा दोस्रो वरीयता क्रममा रहनेछन् । दोस्रो कार्यकालका लागि पार्टीको महासचिव रहेका पोखरेल मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए ।

गृहमन्त्री नियुक्त माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा दोस्रोपटक मन्त्री बनेका हुन् । पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा उनी रक्षामन्त्री थिए । माओवादी केन्द्रको तत्कालीन महासचिव रहेका थापा मोहन वैद्यले पार्टी विभाजन गर्दा वैद्यतर्फ लागेका थिए ।पछि उनी माओवादी केन्द्रमै फर्किएका थिए । थापा राष्ट्रिय सभा सदस्य हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका मातृका यादव दोस्रोपटक मन्त्री बनेका हुन् । यसअघि उनी वनमन्त्री भएका थिए । वनमन्त्री हुँदा एलडीओलाई शौचालयमा थुनेर उनी चर्चामा आएका थिए ।
धनुषा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य यादव नेकपा माओवादीलाई पुनर्गठन गर्दै करिब सात वर्ष माओवादी केन्द्रबाट अलग थिए । पछि उनी पुनः पार्टी एकीकरण गरी माओवादी केन्द्रमा फर्किएका हुन् ।

चार मन्त्री, तीन पोसाक, दुई भाषा

नवनियुक्त चार मन्त्रीको राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथग्रहण समारोहमा फरकफरक पोसाकमा उपस्थित थिए । मन्त्री यादवले मातृभाषा मैथिलीमा शपथग्रहण गरे ।

रक्षामन्त्रीमा नियुक्त एमाले महासचिव पोखरेल र अर्थमन्त्री डा। युवराज खतिवडा दौरासुरुवालमा सजिएका थिए । माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका गृहमन्त्री थापा भने पाइन्ट, सर्ट र कोटमा थिए । यादवबाहेक तीनै जनाले नेपाली भाषामा शपथ लिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका नेता यादवले भने कुर्ता र पाइन्ट लगाएका थिए । मधेसको पहिचानका रूपमा लिइने कुर्तामाथि यादवले गम्छा राखेका थिए ।राजधानी बाट ।