काठमाडौ २१ फागुन । राष्ट्रपतिको उम्मेदवार छान्न नेकपा एमालेले स्थायी समितिको बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो ४ बजे बैठक बोलाइएको कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उक्त बैठकले राष्ट्रपतिको उम्मेदवार तय गर्नेछ ।
राष्ट्रपतिको उम्मेदवारमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र वरिष्ठ नेता झलनाथ खनालको चर्चा छ ।
05 March 2018 20:45 PM
प्रतिक्रिया दिनुहोस्