सम्पादकीय

पाकेट मारेरै घर–गाडी



काठमाण्डौ ९ चैत्र । चोरी गरेको धनले कति दिन पुग्ला रु दुई दिन, चार दिन वा एक–दुई महिना रु जवाफ हुन सक्छ– केही दिन, केही महिना वा केही वर्ष । तर अचम्म † कोही यस्ता चोर छन्, जसले चोरेकै भरमा आफू मात्र होइन, परिवारलाई विलासी जीवन बिताउन सघाइरहेका छन् । त्यो पनि एक वर्ष, दुई वर्ष होइन, वर्षौंदेखि ।

तिनै चोर, जो अहिले प्रहरीको फन्दामा परेका छन् । अर्को आश्चर्य, चोर श्रीमान्लाई छुटाउन प्रहरीका लागि लाखौं तिर्न तयार श्रीमती पनि पक्राउ परेकी छन् ।

काभ्रे स्थायी घर भएका विवेक लामाको पेसा पाकेट मार्नुबाहेक अर्को कुनै छैन । पाकेटमारका रूपमा प्रहरीले उनलाई लामो समयदेखि चिन्दै आएको छ । पाकेट मारेकै भरमा उनले करोडौं सम्पत्ति जोड्न सके । अहिले उनीसँग आफ्नै गाडी छ, घर छ तर पेसा भने उही पकेटमारी । उनी सानका साथ गाडी चढेर पाकेट मार्न हिँड्छन् ।

यिनै २४ वर्षीय पाकेटमार बुधबार साँझ पक्राउ परे । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले कोटेश्वरबाट चावहिलतर्फ जाँदै गरेको एउटा बसका यात्रुको पाकेट मार्दै गर्दा उनलाई सिनामंगलबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई गौशाला प्रहरी वृत्तमा लगियो । उनलाई सामान्य पाकेटमार भनेर चिन्दै आएको प्रहरी त्यतिबेला छक्क प¥यो, जब उनीसँग काठमाडौंमा आफ्नै घर र गाडीसमेत रहेको खुल्यो । अरू बेला आफ्नै गाडी चढेर हिँड्ने उनी यात्रुको पाकेट मार्नकै लागि सार्वजनिक बसमा चढ्ने गरेको पनि खुलासा भयो ।

बुधबार साँझ यी पाकेटमार लामाले सार्वजनिक बसमा यात्रारत सरोज कार्कीको पाकेटबाट ७५ हजार रुपैयाँ पाकेट मारेका थिए । लामा पाकेटमारीको कथा यत्तिकैमा सकिँदैन । गौशाला प्रहरी त्यतिबेला छक्क प¥यो, जब आफ्नो पाकेटमार पतिलाई छुटाउन उनकी पत्नी आकर्षक रकमको अफर गर्दै प्रहरीसमक्ष पुगिन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० विश्वराज पोखरेलका अनुसार, पाकेटमार लामाकी पत्नी शर्मिला लामा उनलाई छुटाउन ३ लाख रुपैयाँ बोकेर प्रहरीकहाँ पुगेकी थिइन् ।

एसएसपी पोखरेलका अनुसार, शर्मिलाले एक प्रहरी जवानलाई सम्पर्क गरी पति छुटाइदिए ३ लाख रुपैयाँ दिने आश्वासन दिएकी थिइन् । ती प्रहरी जवानले शर्मिलाको प्रस्तावबारे आफ्ना हाकिमलाई जानकारी गराएका थिए । त्यसपछि प्रहरी टोली उनको प्रस्तावलाई स्विकार्दै बुधबार राति पौने १२ बजे वनकाली पुगेको थियो, जहाँ शर्मिलाले बोलाएकी थिइन् । शर्मिलालाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको हो ।

‘विवेक लामा यसअघि पनि पटकपटक चोरीको अभियोगमा परेका थिए, चोरीबाटै उनले यति धेरै सम्पत्ति जोडेका छन् भन्ने विषय प्रहरीलाई जानकारी थिएन, अहिले दम्पती नै पक्राउ परेका छन्,’ एसएसपी पोखरेलले भने ।राजधानीमा समाचार छ ।