Banner News

भ्रस्टाचार र कुशासनबाट अलग भएर काम गर्नुहोस् : प्रम ओली



काठमाडौं १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रटचार, कुशासन जस्ता कुराबाट टाढा रहेर काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
शनिवार गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्रीले जनप्रतिनिधिहरूले टाढाबाट हेर्दामात्रै नभएर नजिकबाट हेर्दा पनि दाग नत कुराबाट टाढै रहन निर्देशन दिँदै भने, ‘तपाइहरूलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा पनि दाग नदेखियोस् ।’ जनप्रतिनिधिलाई ओलीले विद्युत् वैकल्पिक ऊर्जा, सञ्चार जस्ता आधारभूत विकासका क्षेत्रमा डटेर काम गर्न आग्रह समेत गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले स्थानीय तहमा अभाव भएको कर्मचारी चाँडै पूरा हुने बताएका छन् । ओलीले स्थानीय तह सफल भएमात्रै देश सफल हुने भएकाले कर्मचारी समायोजनको काम सुरु गरिसकेको बताउँदै छिट्टै कर्मचारी पुग्ने समेत बताए ।

ओलीले सिंहदरबारको अधिकार गाउँसम्म पुगेको अनुभव गर्ने गरी स्थानीय तहका कर्मचारीले काम गर्नु पर्ने बताए । ओलीले भने, ‘जनताले सिंहदरबारका अधिकार गाउँमा पुगेको कुरा महसुस गरेकी गरेनन् भन्ने कुरा महत्त्वपूर्ण हो ।’